No.1 News Portal from Sudurpashchim Province
bajaj

सासुले बुहारीको टाउकोमा हँसियाले हानेपछि…

गोकुलेश्वर । बैतडीमा सासुले बुहारीलाई हँसियाले हानेर घाइते बनाएकी छिन् । जिल्लाको सुर्नया गाउँपालिका–५ हरिचनकी जानकी मडैले आफ्नै बुहारी राधिका मडैलाई हँसियाले प्रहार गरेकी हुन् ।

pm office

शनिवार दिउँसो सासु जानकीले बुहारी राधिकाको टाउको र शरीरका अन्य ठाउँमा हँसियाले हानेर घाउ बनाएकी राधिकाकी भाउजू सरिता बोहरा महराले बताइन् ।

जानकीले राधिकालाई पटक पटक कुटपिट गर्दै आएकी बताइएको छ । सासुले लगातार कुटपिट गर्न थालेपछि राधिकाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले दुवै पक्षलाई बोलाएर घटनाका विषयमा अनुसन्धान गरिने बताएका छन् ।

सासु जानकीले हँसियाले हान्न थालेपछि उनी हिजै भागेर माइत पुगेकी थिइन् । पीडित महिलाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.