No.1 News Portal from Sudurpashchim Province
bajaj

ललितानिवास प्रकरण : ठूला माछा पक्राउ नगरी अनुसन्धान प्रतिवेदन बुझाउने सीआईबीको तयारी

गोकुलेश्वर । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिमतिर पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितानिवासको जग्गा हिनामिना प्रकरणको अनुसन्धान १२ असारदेखि आरोपीलाई पक्राउ गरेर सुरु गरेको थियो ।

pm office

सो अनुसन्धान सकेर सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको हो । पक्राउ परेकामाथि किर्ते तथा संगठित अपराध मुद्दामा अनुसन्धान थालेको सीआईबीले पक्राउ परेकामाथि बयान लिने काम तीव्र पारेको छ ।

अब थप आरोपीलाई पक्राउ गर्नुभन्दा पनि अनुसन्धान प्रतिवेदनमै फरार प्रतिवादी खुलाएर अनुसन्धान टुंग्याउने अवस्थामा सीआईबी पुगेको हो । सीआईबी स्रोतका अनुसार सकभर यही साता नभए अर्को साताभित्र अनुसन्धान सक्ने तयारी छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.