No.1 News Portal from Sudurpashchim Province
bajaj

कञ्चनपुरमा युवक हत्या प्रकरण : दुई जना पक्राउ

गोकुलेश्वर । कञ्चनपुरमा एक युवकको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिहीबार कृष्णपुर नगरपालिका–२ को वाणीस्थित बन्द नदीको बगरमा ३५ वर्षीय कुवेर दमाई मृत अवस्थामा भेटिएकोमा उनको हत्या आरोपमा प्रहरीले भतिज र भान्जा नाता पर्ने दुई जनालाई पक्राउ गरेको हो ।

pm office

प्रहरीले हत्या आरोपमा कुवेरकै भतिज २२ वर्षीय अजय दमाई र भान्जा २८ वर्षीय हरिस दमाईलाई पक्राउ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार साउन १५ गतेदेखि हराइरहेका कुवेरको घरायसी विवादका कारण हत्या भएको पाइएको हो ।

कुवेरले घरमा आमाबुबालाई हैरानी दिने, घरका सामान समेत बेचेर मदिरा खाने गरेकाले १५ साउनको राति नदी किनारमा सम्झाउने क्रममा वादविवाद भएको पक्राउ परेकाहरूले खुलाएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.