No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा भिरबाट लडेर एक महिला गम्भीर घाइते

गोकुलेश्वर । बैतडीमा भिरबाट लडेर एक महिला घाइते भएकी छिन् । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तड बस्ने अन्दाजी ५० वर्षीय पार्वती लुहार भिरबाट लडेर गम्भीर घाइते भएकी हुन् ।

pm office

शनिबार दिउंसो गाउँनजिकैको आठिखोला भन्ने ठाउँमा घाँस काट्न गएकी उनी भिरबाट लडेर घाइते भएकी वडाअध्यक्ष गोपाल सिंह कार्कीले जानकारी दिए । टाउको र पिठ्युमा गम्भीर चोट लागेको छ ।

घाइते पार्वतीको जिल्ला अस्पताल बैतडीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको वडाअध्यक्ष कार्कीले जानकारी दिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.