No.1 News Portal from Sudurpashchim Province
bajaj

त्रिभुवन विमानस्थलबाट सुनको डल्लोसहित समातिए भारतीय नागरिक

गोकुलेश्वर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली लैजान लागेको करिब एक सय ग्राम तौलको सुनजस्तो देखिने धातुको बालासहित एक भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

pm office

पक्राउ पर्नेमा ४२ वर्षीय भारतीय नागरिक इस्हाब रहेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार, हिजो फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौँ आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैधरूपमा लुकाइछिपाई भन्सार छली लैजान लागेको अवस्थामा उक्त धातुको एक थान बालासहित त्यहाँ खटिएका प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका इस्हाबलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.