No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीकी एक महिलाले अनौठो बच्चा जन्माइन् ,यस्तो छ बच्चा

गोकुलेश्वर।बैतडीमा एक युवतीले अनौठो बच्चा जनमाएकी छिन् । जिल्लाको दोगडाकेदार गाउँपालिका—८ कालागाउँ माल्लेकी १७ वर्षिया सीमा लुहारले टाउँको तिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएको बालिका जन्माएकी हुन् ।

लुहारले दोगडाकेदारकै कटौपानी स्वास्थ्य चौकीमा बिहिबार बिहान सो बच्चा जन्माएकीे अनमी रमिता जोशीले बताइन् । 

‘बच्चा जन्मिने मिति भन्दा एक हप्ता माथी जन्मिएको बच्चाको टाउको तिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै माथि गएको छ ।’ 

pm office

उनले भनिन,‘सीमाको बच्चाको जन्म जोखिमपुर्ण रुपमा भएको छ । सीमाको उमेर कम छ । उनी धेरै कमजोर भएकोले यस्तो बच्चा जन्मिएको हुनसक्छ ।  करिब दुई महिना अगाडी गर्भ जाँच गराउँदा बच्चाको अवस्था ठिकै थियो । गर्भमा रहँदा बच्चा एउटै ठाउँमा बसेकोले यस्तो भएको हुन सक्छ ।’

अनौठो बच्चा जन्मिएपछि स्थानीयसमेत अचम्म परेका छन् । लुहारको आर्थिक अवस्था कमजोर छ । उनका श्रीमान भोला लुहार रोजगारीको सिलसिलामा भारत छन् ।

जन्मेको बालिकाको उपचार सम्भव रहेकाले थप उपचारका लागि सुविधा सम्पन्न हाड जोर्नी विशेषज्ञ अस्पतालमा लैजानु पर्ने सुझाव स्वास्थ्यकर्मीले दिएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.