गोकुलेश्वर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुलाई लिक्षित गरी बुधबारबाट सञ्चालनमा ल्याएको ब्लु बस विवादमा परेको छ ।
पार्टीको झण्डामा प्रयोग भएको रंग निलो भएकाले उस्तै रंगमा उनले ‘ब्लु बस’ सञ्चालनमा ल्याएका छन् । बसमा महिला मात्र सवार गर्न सक्नेछन् । बस चितवन क्षेत्र नं २ का सहरी क्षेत्रमा सञ्चालन हुनेछ । बस चढ्नेहरुका लागि कार्ड वितरण गरिने बताइएको छ ।

उक्त बसले ०७५ जेठमा एक महिलालाई नै ठक्कर दिएर मारेको थियो। चितवनको इच्छाकामना गाउँपालिका–७, सिमलढापमा पैदलयात्री ७० वर्षीया धनमाया गुरुङलाई बसले ठक्कर दिएको थियो ।
भरतपुरबाट मग्लिनतर्फ जाँदै गरेको ना ५ ख ३१३८ नम्बरको उक्त बसको ठक्करबाट गुरुङको मृत्यु भएको थियो । अहिले सोही वस महिलाहरुका लागि निशुल्क सञ्चालनमा ल्याएपछि बस र लामिछाने दुवैको आलोचना भईरहेको छ ।
सामाजिक सञ्जालमा लेखिएको छ–‘जसले किच्यो महिला, उही बिक्यो पहिला। जसले रुवायो जेठी, उसकै नाटक यति ।’



