No.1 News Portal from Sudurpashchim Province
bajaj

नौगाडका १९ वर्षिय विनोद अतिक्रमित नेपाली भूमि कालापानीमा विलाए

गोकुलेश्वर। भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा एक नेपाली किशोरको मृत्यु भएको छ ।

दार्चुलाको नौगाड गाउँपालिका—३ दल्लेखका १९ वर्षिय विनोद ठगुन्नाको मृत्यु भएको हो ।

भारतीय व्यवसायीको बाख्रा चराउन अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा गएका ठगुन्नाको मंगलबार मृत्यु भएको हो ।

भेडाबाख्रा चराउन लेकाली फाँटमा गएका ठगुन्ना मंगलवार साँझसम्म वासस्थानमा नफर्किएपछि कालापानीमा रहेका एसएसवी र आइटिविपीका सुरक्षाकर्मीहरु र अन्य भेडाबाख्रा चराउनेहरुले खोजी गरेका थिए । उनी मंगलवार राती २ बजे मृत भेटिएका थिए ।

उनको मृत्यु बारे भारतीय सञ्चार माध्यमले उत्तराखण्ड प्रहरीलाई उद्दृत गर्दै ढुंगा लागेर भएको जनाएका छन् । तर, मृतकको शरीरमा कुनै चोटपटक नभएको आफन्तजनले बताएका छन् ।

pm office

मृतकका बुवा अंगविरसिंह ठगुन्ना र आफन्त घटनाको खबर पाएलगत्तै बुधवार विहान घटनास्थलतर्फ गएका छन् । घटनास्थलको फोटो प्राप्त भएको र मृतकको शरीरमा कुनैप्रकारको चोटपटक नदेखिएको आफन्तले जानकारी दिएका छन् ।  भारतको गुञ्जीमा रेहको उत्तराखण्ड प्रहरीले ठगुन्नाको शव आफ्नो जिम्मामा छ ।

मृतक ठगुन्नाले एक वर्षदेखि एकजना भारतीय व्यवसायीको दुइ सयभन्दा भेडाबाख्राहरु चराउने कार्य गर्दै आएका थिए । कालापानीभन्दा माथिल्लो क्षेत्रमा भेडाबाख्रा चराउन गएको अवस्थामा घटना भएको आफन्तजनले बताएका छन् । अक्सिजनको अभाव भएर लेक लागेर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

उत्तराखण्ड प्रहरीले साउन १७ गते बुधवार घटनास्थलको मुचुल्का गरेको छ । आफन्तलाई घटनाबारे जानकारी गराएको छ ।

नेपाल प्रहरीले भने घटनाबारे विस्तृत विवरण प्राप्त नभएको बताएको छ । घटना भएको जानकारी सुन्नमा आए पनि विस्तृत विवरण प्राप्त नभएको दार्चुलाका डिएसपी तर्कराज पाण्डेयले बताए ।

मृतक विनोदका बुवा अंगवीरले कालापानी क्षेत्रमा धेरै वर्षदेखि बाख्रा चराउने काम गर्दैआएका थिए ।

अंगवीर विरामी भएपछि एक वर्षदेखि छोरा विनोदले बाख्रा चराउने काम गरिरहेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.