गोकुलेश्वर । सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्ने डरले सांसद सुनिल शर्मा फरार भएको हल्ला चलेको छ । स्रोतका अनुसार शर्मा विहिवार विहानको फ्लाईटबाट दुवई भागेका छन् ।
उनी विहान ८ः५० बजे फ्लाई दुबईको विमान मार्फत फरार भएको जनाईएको छ। सुन तस्करी प्रकरणमा माओवादी नेता वर्षमान पुनको नाम जोडिन थालेपछि उनी फरार भएको स्रोतको दावी छ । शर्मा र पुन ब्यवसायीक पार्टनर हुन ।
बिराटनगरको नबोल मेडिकल कलेज स्थापना कालदेखि नै शर्मा र पुनका विचमा घनिष्ट सम्वन्ध छ । नोवेलका ब्यवसायीक पार्टनरहरुलाई वर्षमानकै निर्देशनमा वाईसिएलका कार्यकर्ताले अपहरण गरी यातना दिएका थिए । त्यसपछि उनीहरु निस्किएको र शर्माले नोवेल एकलौटी बनाएका थिए ।

शर्माले पुनकै पैसा मेडिकल क्षेत्रमा लगानी गरेको चर्चा हुने गरेको छ । पछिल्लो समय सुन तस्करी प्रकरणमा तिब्बतियनमुलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेपछि वर्षमानको पनि नाम जोडिएको छ । पुनको नाम वाहिर आउने वित्तिकै शर्मा अत्तालिएका छन् ।
केही दिनअघि वर्षमानकै डिजाईनमा शर्माले गृहमन्त्री र अर्थमन्त्रीकोे राजिनामा माग गरेका थिए । संसदमै आमरण अनसन वस्ने धम्की दिएका शर्माले सुन तस्करी प्रकरणको अनुशन्धानलाई प्रभावित वनाउन दुई मन्त्रीको राजिनामा माग गरेको आरोप लागेको थियो ।
अनुशन्धान गर्दै जाँदा पुनसहित माओवादीका नेताहरुको नाम भटाभट खुल्न थालेपछि शर्मा फरार भएको स्रोत वताउँछ । विहिवार मात्रै उनी ओशो तपोवन पुगेको चर्चा चलेको थियो। ओशो तपोवनका कर्मचारीहरुले भने ब्यक्तिगत जानकारी दिन नमिल्ने भन्दै उनी त्यहाँ भए÷नभएको समेत जानकारी दिन अस्विकार गरेको छ ।



