No.1 News Portal from Sudurpashchim Province
bajaj

पोलमा बाँधेर मान्छे कुट्ने साजिद प्रहरी खोरमा

गोकुलेश्वर ।  पोलमा बाँधेर मान्छे कुटेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ वर्षीय साजिद अन्सारी रहेका छन् ।

pm office

प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवका अनुसार गत साउन १४ गते गौर नगरपालिका–३ पोखरिया टोल स्थित मस्जिद छेउवामा एक जना मानिसलाई अन्सारीले पोलमा बाँधी कुटपिट गरेका थिए । कुटपिटको भिडियो मिडिया र सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कुटपिट गर्नेको खोजी सुरु गरेको थियो ।

यादवका अनुसार अन्सारीलाई म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.