No.1 News Portal from Sudurpashchim Province
bajaj

मदिराले लठ्ठ महिलासँग विमानमा विवाद बढेपछि…

गोकुलेश्वर । अमेरिकामा युनाइटेड एयरलाइन्सको विमानमा एक महिलाले हैरानी दिए पछि उनलाई अस्थायी रूपमा उडान गर्न प्रतिबन्ध लगाइएको एउटा अचम्मको घटना बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार महिला यात्रुले फ्लाइट भित्र वाइनलाई लिएर हंगामा मच्चाइन् । यसको मार उसले बेहोर्नु परेको थियो ।

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार युनाइटेड एयरलाइन्सको विमान लस एन्जलसका लागि उडेको थियो तर बिचमा एक महिला यात्रुले हंगामा गर्न थालिन । महिलाले चालक दलका सदस्यसँग रक्सी मागेपछि मदिरालाई लिएर झगडा सुरु भएको थियो ।

pm office

जसमा चालक दलले महिलालाई आफ्नो सिटमा चुपचाप बस्न भने । यसबाट महिला यात्रु आक्रोशित भइन् र झगडा गर्न थालिन् र झडप बढ्दै गयो । स्थिति यति खराब भयो कि पाइलटहरू लस एन्जलसको लागि उडान डाइभर्ट गर्न बाध्य भए ।
युनाइटेड एयरलाइन्सले घटनाको बारेमा आफ्नो आधिकारिक विज्ञप्तिमा भनेको छ कि जुलाई २५ मा महिला यात्रु ह्युस्टनबाट उडेको थियो। यस क्रममा उनी मादक पदार्थ सेवन गरिरहेकी थिइन् ।

साथै उनले चालक दलसँग थप रक्सी माग्दै थिइन् । जसमा फ्लाइट एटेन्डेन्टले उनलाई आफ्नो सिटमा बस्न भने । त्यसपछि महिलाले हंगामा गर्न थालिन् । बढ्दो विवाद देखेर लस एन्जलस जाने विमान फिनिक्समा नै अवतरण गर्नुपरेको थियो ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसका साथै विमानमा सवार यात्रुले यस घटनाको अनुभव पनि सेयर गरेका छन् । यसअघि पनि धेरै एयरलाइन्ससँग सम्बन्धित अनौठा घटनाहरू देखिएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.