No.1 News Portal from Sudurpashchim Province
bajaj

साथीलाई पेस्तोल तेर्स्याए, प्रतिकार गर्दा गोली हानी मारे

गोकुलेश्वर । ५ साउनमा विराटनगर महानगरपालिका–५ का रोहित चौधरीको २८ औं जन्मदिन थियो । बिहान आफन्तलाई लड्डु बाँडेर उनी साथीसँग घुम्नका लागि निस्किए । उनीहरु दुबैजना नोबेल मेडिकल कलेजमा काम गर्थे । त्यो दिन छुट्टी लिएर उनीहरु धनकुटाको मूलघाट गए ।

फर्कदै गर्दा धरान इटहरी सडक खण्डको सेउती खोलाको पुल तरेपछि रोहित मोटरसाइकल रोकेर पिसाब गर्न जंगलभित्र पसे । साथी बाटोमै पर्खिरहेकी थिइन् । फर्केर आउँदा रोहितले साथीको गर्धनमा खुकुरी राखेर तीन जना केटाहरुले घेरेको देखे ।

साथीको साथमा रहेका गहना र सामान खोसेपछि दौडिएर आएर सामान खोस्नेमाथि जाइलागे । तीन जनाको समूहमा रहेका दीपक तिम्सिनाले रोहितलाई समाते ।

pm office

अन्य दुईले उनको साथीको साथमा रहेको पर्स मोबाइल र सिक्री खोसे । पेस्तोल तेर्साएर समाते पनि उनले प्रतिकार गरे । रोहितले प्रतिकार गर्दा तिम्सिनाले गोली चलाइदिए । घटना साउन ५ गते करिब सवा ५ बजे तिरको हो ।

गोली लागेर घाइते रोहितको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगियो, तर चिकित्सकले मृत घोषणा गरे ।

रोहितको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ, एक जना भने फरार छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी राजेशनाथ बास्तोलाले लुटपाटपछि हत्या भएको बताए । हत्यामा संलग्नताको आशंकामा लेटाङ नगरपालिका– १ घर भएका ३५ वर्षीय दीपक तिम्सिना र धरान उपमहानगरपालिका–१४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ परेका छन् । ‘लुटपाटको प्रतिकार गर्दा हत्या भएको देखिन्छ’, उनले भने ।

पक्राउ परेका दुवै लागु औषध प्रयोगकर्ता रहेको डीआईजी बास्तोलाले बताए । पक्राउ परेका तिम्सिना जबर्जस्ती करणी मुद्दामा १० वर्ष र अनसन लागु औषध मुद्दामा ६ महिना कारागार बसेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.