No.1 News Portal from Sudurpashchim Province
bajaj

आङकाजी शेर्पा प्रहरी कार्यालयमा ढुंगा हान्न दौडेपछि…

गोकुलेश्वर । आङकाजी शेर्पाको नेतृत्वमा काठमाडौं प्रहरी परिसरको कार्यालयमा ढुंगामुढा गरिएको छ । अधिवक्ता शीतल पाण्डेलाई पक्राउ गर्न माग गर्दै पुगेको उक्त समुहले प्रहरी कार्यालयमा ढुंगामुढा गरेको हो ।

शेर्पाको नेतृत्वमा ढुङ्गा हाने १०÷१२ जना प्रहरी घाईते भएपछि प्रहरीले पनि उनीहरुलाई जवाफ दिएको छ । सो क्रममा दुवै पक्षबाट हानाहान भएको थियो । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहरी गरेको छ भने केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ ।

pm office

प्रहरीका अनुसार आङकाजी शेर्पाको नेतृत्वमा गएको समूहले आन्दोलन थालेको थियो । जनजाति महासंघका पूर्व महासचिव शेर्पा अराजक गतिविधिका कारण पक्राउ समेत परेका थिए । फेसबुक स्टाटसलाई लिएर शेर्पालाई प्रहरीले ०७२ साल भदौमा पक्राउ गरी साइबर क्राइममा मुद्दा चलाइएको थियो ।

पछि उनी २० हजार धरौटीमा छुटेका थिए। उनै शेर्पा केही दिनअघि पाण्डेले तामाङ र मगर समूदायमा दाजुभाईबीच विवाह हुने र त्यसैबाट आपराधिक गतिविधि बढ्ने धारणा राखेको विरोधमा आन्दोलनमा उत्रिएका हुन ।

प्रहरीले अधिवक्ता पाण्डेलाई आज बिहानै नियन्त्रणमा लिएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.