No.1 News Portal from Sudurpashchim Province
bajaj

धम्क्याएर रकम माग्ने गुण्डा समूह प्रहरी खोरमा

गोकुलेश्वर । सर्वसाधारणलाई धम्क्याउने, लुटपाट मच्चाउने र डर त्रास पैदा गर्ने पाँच जना गुण्डाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

pm office

उपत्यकाको बौद्ध जोरपाटीलगायतका स्थानहरूमा सर्वसाधारण व्यक्तिहरूसँग अनावश्यक विवाद गरी डरत्रास, भय सिर्जना गर्नुका साथै उनीहरूले समूहमा गई सर्वसाधारणहरूलाई कुटपिट, गैरकानुनी रूपमा रकम माग गर्ने लगायतका आपराधिक गतिविधिमा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं ६ घर भई हाल जिल्ला काठमाडौं गोकर्णेश्वर ८ जोरपाटी बस्ने वर्ष २८ को बाफ्ले भन्ने विक्की लामा, सिन्धुपाल्चोकको मेलम्ची ६, घर भई हाल गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्यामबहादुर लामा, मेलम्चीकै ३६ वर्षीय भिमबहादुर बस्नेत, सोही स्थानका ३५ वर्षीय गोविन्द गजमेर र सिन्धुपाल्चोक चौताराका ३५ वर्षीय प्रविण तामाङलाई पक्राउ गरेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.