No.1 News Portal from Sudurpashchim Province
bajaj

‘मामाचेला–फुपु चेली विवाह’को विरोध गर्दा अधिवक्ता भगवती पाण्डे पक्राउ

गोकुलेश्वर । अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छिन्। तामाङ, मगर र मुस्लिम समुदाय विरुद्ध विवादास्पद अभिब्यक्ति दिएको आरोपमा उनलाई आज विहान प्रहरीले पक्राउ गरेको हो ।

एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिदै उनले तामाङ, मगर, मुस्लिम समुदायमा अहिले पनि दाजुबहिनीबीच बिहे हुने गरेको अभिब्यक्ति दिएकी थिईन । मामा चेला, फुपु चेला विहेवारी हुने गरेको प्रसंगमा बोल्दै उनले वैज्ञानिक कारणले पनि यस्तो विवाह राम्रो नभएको वताएकी थिईन ।

pm office

यस विषयमा तामाङ समुदायले विरोध जनाउँदै आन्दोलन घोषणा गरेको थियो। सँगै उजुरी परेपछि अधिवक्ता पाण्डेविरुद्ध साउन १२ गते नै जिल्ला अदालत काठमाडौंले पक्राउ अनुमति दिएको थियो।

यही विषयमा तामाङ समुदायले जिल्ला प्रहरी परिसर काठमाडौंमा ढुङ्गा हानेको थियो । पाण्डेलाई पक्राउ गरिसकिएकाले प्रदर्शन नगर्न प्रहरीले गरेको आग्रह अटेर गर्दै उनीहरु प्रदर्शमा उत्रिएको थिए। उग्र प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले लाठी चार्ज र अश्रुग्यास हानेको थियो ।

उक्त झडपका क्रममा प्रहरीले ३५ जनाभन्दा बढी प्रदर्शनकारीलाई पनि पक्राउ गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.