No.1 News Portal from Sudurpashchim Province
bajaj

चक्कु प्रहार गरी अनिताको हत्या

गोकुलेश्वर । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ स्थित भसुन्थलीमा युवतीको हत्या भएको छ । चक्कु प्रहार गरेर सप्तरी घर भएर बुढानीलकण्ठ बस्ने २८ वर्षीया अनिता चौधरीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

pm office

हत्यामा संलग्न आरोपमा ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले रातोपाटीलाई बताए । साउन १४ मा बोहराले अनितालाई चक्कु प्रहार गरेका थिए । उपचारको क्रममा शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो ।

छिमेकमा बस्ने बोहराले राति साढे ९ बजेतिर अनितालाई चक्कु प्रहार गरेको अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.