No.1 News Portal from Sudurpashchim Province
bajaj

वडा अध्यक्ष र नेताहरु तासमा रमाउदै, प्रहरी हेरेको हेरै

गोकुलेश्वर । हिजो कैलालीको धनगढी बसपार्कबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेकाहरुबारे नयाँ कुरा खुलेको छ ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले बसपार्कको कलेल होटलमा छापा हानेर सञ्चालक तेजबहादुर सहितका १० जनालाई समातेको थियो ।

होटलमा छापा हानेर नियन्त्रणमा लिइएकाहरु निर्वाचित जनप्रतिनिधि, कर्मचारी र विभिन्न राजनीतिक दलका प्रदेश स्तरका नेता समेत रहेको खुलेको छ। सुुरुमा प्रहरीलाई समेत गलत परिचय र ठेगाना बताएका उनीहरुको पहिचान खुलेको हो ।

pm office

प्रहरीकाअनुुुसार पक्राउ परेका मध्ये योगेन्द्र ठकुल्ला डोटीको पूर्वीचौकी गाउँपालिका–२ का वडाध्यक्ष हुन् भने खड्क साउँद पूर्वीचौकी गाउँपालिका–५ काडामाण्डौका वडाध्यक्ष रहेको खुलेको छ ।

यस्तै प्रहरीले देवबहादुर खड्का भनेर सार्वजनिक गरेका व्यक्ति एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटि सदस्य देवलाल खड्का रहेको पाइएको छ भने धनबहादुर विष्ट माओदावी केन्द्र प्रदेश कमिटि सदस्य हुन् ।

गोदावरी नगरपालिका–३ बस्ने भनिएका कुवेर खड्का पूर्वीचौकी गाउँपालिका–७ का स्थानीय हुन् भने उनी नेपाली काँग्रेसको पूर्व जिल्ला सदस्य हुुन्। सुजित खड्का सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी रहेको खुलेको छ ।

पुरनबहादुर खड्का पनि शिक्षक भएको बताइएको छ। उनीहरुसँगै डोटीकै अन्य तीन जना कार्यकर्ता पनि कलेल होटलमा जुवातास खेलिरहेका थिए। प्रहरीले उनीहरुको साथबाट एक लाख चार हजार नगद र तासको गड्डी बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयले पक्राउ परेकाविरुद्ध बुधबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ। वडा प्रहरीले छापा हानेर जुवाडे पक्राउ गरेको होटल कलेलले विगतदेखि नै जुवातास खेलाउने गरेको स्थानीय बताउँछन्। बसपार्क प्रहरीको संरक्षणमा जुवातास खेलाउने कलेलसहितका केही होटलबाट प्रहरीले हप्ता समेत असुल्ने गरेको आरोप लागेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.