No.1 News Portal from Sudurpashchim Province
bajaj

४७ इन्चकी किशोरी र ४२ इन्चका किशोरले झ्याइ झ्याइ बिहे गरेपछि…

गोकुलेश्वर । भनिन्छ मान्छेको जोडी भगवानले पहिले नै बनाइदिएको हुन्छ । भारतको बिहारमा हालै एउटा यस्तै जोडी बिहे बन्धनमा बाँधिएको छ कि त्यसले उल्लिखित भनाइलाई पुष्टि गर्दछ ।

बिहारको सरन जिल्लास्थित मधौरामा हालै एक होचो कदको जोडीबीच बिहे भयो । सोसल मिडियामा चर्चाको विषय बनिरहेको उक्त जोडीमा बेहुलीको सरीरको उचाइ ४७ इन्च थियो भने बेहुला उनीभन्दा ५ इन्च कम अर्थात् ४२ इन्चका थिए ।

pm office

स्थानीय लेउरा गाउँका बासिन्दा रोहित सिंहको उमेर पुगिसक्दा पनि बिहे नहुँदा परिवारजन चिन्तित थिए । रोहितका लागि कद सुहाउँदी बेहुली भेटिएकी थिइनन् । त्यस्तै अवस्था खाब्सी गाउँकी नेहा प्रसादको पनि थियो । ४७ इन्च अग्ली नेहाका लागि पनि सुहाउँदो जोडी भेटाउन सकिएको थिएन । त्यस्तैमा नेहाको परिवारले रोहितका बारेमा जानकारी पाए । अन्ततः दुवै परिवारको भेट भयो, नेहा र रोहितसमेत आपसमा भेटेपछि मन मिल्यो र बिहे गर्ने निधो भयो ।

केहीदिन अघि स्थानीय मधौरा ग्रहदेवी मन्दिरमा नेहा र रोहितको हिन्दु परम्परा अनुसार बिहे भएको छ । उनीहरुको बिहे धुमधाम पूर्वक भयो र बिहेमा उपस्थित पाहुनाहरु निकै खुसी थिए ।

निकै होचो कदका कारण सुहाउँदो जोडी खोजेर बिहे गराउन नै मुस्किल परेको बेलामा भगवानले आफूहरुको कुरा सुनेको र जोडी भेट्टाइदिएको भन्दै बेहुला र बेहुली दुवै पक्ष मख्ख थिए ।

बेहुला रोहितले कम्पाउन्डरको जागिर गर्दछन् । नेहाको भने जागिर नभएको र उनी घरव्यवहार तथा पाककलामा पोख्त भएको परिवारजनले बताएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.