गोकुलेश्वर । पाँच वर्षीया बालिकाको बलात्कारपछि हत्या गरी फरार रहेका अभियुक्त २० वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा–११ सिमलटारका सोमबहादुर राई रहेका छन् ।

उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले शनिबार ललितपुरको गोदावरीबाट पक्राउ गरेको हो ।
पक्राउ गरेलगत्तै राईलाई मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।
२०६० असोज १८ गते हेटौंडा–११ सिमलटार बस्ने प्रेमबहादुर थापा क्षेत्रीकी पाँच वर्षीया छोरीलाई सोमबहादुरले बलात्कारपछि हेटौंडा–१० को राप्ती खोलाको पानीमा ढुंगाले च्यापेर हत्या गरेको प्रहरीको दाबी छ ।
घटनाको समयमा २५ वर्षीय रहेका अभियुक्त राई अहिले ४५ वर्षका भए ।



