गोकुलेश्वर । लुकाएर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
विमानस्थानबाट करिब ८१ ग्राम तौलको सुनको ब्रासलेटसहित बैतडीको पाटन नगरपालिका–६ घर भएका ३४ वर्षीय दिपक भण्डारीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

कतार एयरवेयजको उडानद्वारा काठमाडौं आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त धातुको ब्रासलेट अवैध रूपमा लुकाएर ल्याएको फेला पारेपछि प्रहरीले पक्रेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसअघि पनि विमानस्थलबाट भित्रिएको करिब १ क्विन्टल सुनको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।



