No.1 News Portal from Sudurpashchim Province
bajaj

कैलालीकी मञ्जुलाई मारेर ढुङ्गामुनी लासका टुक्रा राख्ने ४ जना कोको थिए ?

गोकुलेश्वर । कैलालीकी मञ्जु रावलको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । डेढ महिनादेखि बेपत्ता भनिएकी लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया रावलको सामुदायिक वनभित्र लास फेला परेपछि हत्या भएको खुलेको हो ।

प्रहरीले खोजी गर्दैगर्दा रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला पारेको थियो । रावल जेठ २५ गतेदेखि बेपत्ता भएकोमा आइतबार शव फेला परेको थियो। शव फेला परेपछि अनुसन्धान थालिएकोमा रावलको हत्या आरोपमा आजै ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

लम्कीचुहा नगरपालिका ४ भल्का बस्ने ४० वर्षीया गोमा रावल, सोही ठाउँकी बर्षा रावल, २४ वर्षीय भरत रावल र अछाम पञ्चदेवल विनायक नगरपालिका( ६ तोलि बस्ने ३७ वर्षीया सरिता रावललाई हत्या आरोपमा पक्राउ गरिएको हो ।

pm office

उनीहरुले मन्जुको योजनाबद्ध रुपमा हत्या गरेको र घटनाको अनुसन्धान गर्ने क्रममा मञ्जु र गोमा रावलबिच अंशको बिषयलाई लिएर भएको विवादले उग्र रुप लिदा घटना घटेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार १४ साउनमा मञ्जुका छोरा बिवेक रावलले वकिललाई भेट्न मसुरीया जान्छु भनि आफ्नी आमा गएको तर बेपत्ता भएको भन्दै खोजतलासका लागि निवेदन दिएका थिए ।

मन्जु घरबाट हिंडेको दिनदेखि उनको मोबाईल बन्द भएपछि बिवेकले ईलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए ।

त्यसपछि खोजी तथा घटनाको अनुसन्धान गर्दैगर्दा बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २०० मिटर पश्चिमतर्फ खोल्सामा ढुङ्गामुनी च्यापेर राखेको र केही भाग वरपर छरिएर रहेको अवस्थामा रावलको शव भेटिएको थियो।

सो क्षेत्रमा कंकालहरुका साथै हड्डिमा बेरिएर रहेको गुलाबी रंगको कुर्ता शुरुवाल फेला परेको थियो । सोही कपडाबाट मृतक मञ्जुका छोराले आफ्नी आमाको कुर्ता शुरुवाल हो भनि सनाखत गरेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.