No.1 News Portal from Sudurpashchim Province
bajaj

रौतहटमा एक युवकमाथि भाला प्रहार

pm office

गोकुलेश्वर । रौतहटमा एक युवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ । फतुवा विजयपुर नगरपालिका वडा न ८ का २६ वर्षीय शम्भु राम भाला प्रहारबाट घाइते भएका हुन् ।

शनिबार साँझ ७ बजेतिर पुरानो रिसिबीको कारण स्थानीय १८ वर्षीय सदरे आलमले राममाथि भाला प्रहार गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी उमाशंकर यादवले जानकारी दिए ।

दायाँ कोखामा भाला लागेर राम घाइते भएका छन् । उनको वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ ।

भाला प्रहार गर्ने आलमलाई पक्राउ गरेको डीएसपी यादवले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.