No.1 News Portal from Sudurpashchim Province
bajaj

हुम्लाका दुई गाउँमा बाढी र पहिरोको वितण्डा

गोकुलेश्वर । हुम्लाको दुई वटा गाउँमा बाढी र पहिरोले वितण्डा मच्चाएको छ। सर्केगाड गाउँपालिका –२ का रिप तथा वडा नम्बर ८ को सर्केदेउ गाउँमा वाढीपहिरोले क्षति गरेको हो ।

pm office

वाढी पहिरोका कारण मानवीय क्षति नभए पनि घर, जलविद्युत आयोजना, सडक, विजुली लगायतका भौतिक संरचनामा क्षति पुगेको जनाईको छ। रिप गाउँमा दुईतिरबाट खोलाको बाढी आएपछि गाउँमा भागाभग भएको थियो ।

उक्त गाउँका करिव २० भन्दा वढि परिवालाई अन्यत्र सारिएको प्रहरीले जनाएको छ । जलविद्युत आयोजनामा क्षति भएपछि गाउ अन्धकार भएको थियो। सडक र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ ।

यसैगरी, सर्केदेउ गाउँका दलबहादुर रोकायको घर भत्किएको छ । अन्य क्षतीको विवरण आउन वाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक मल्लले जानकारी दिए । घट्ना स्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.