No.1 News Portal from Sudurpashchim Province
bajaj

सुनको पहाड नै भित्र्याउने गिरोह नजिक अनुसन्धान, हङ्कङसम्मै पुग्यो पत्र

गोकुलेश्वर । साउन ४ गते त्रिभुवन विमास्थलको भन्सार गेटबाट सय करोडको सुन, बोकेको ट्याक्सी पक्राउ परेपछि भत्किएको सुन तस्करीको सेटिङ अहिलेसम्म भरियामै सिमित छ । गृमन्त्रीले जो कोहीलाई पानीमुनि गएपनि छोड्दीन भन्दै चर्को स्वर गरीरहेका बेला यही विचमा अनुसंधानको राडरमा परेका शंकास्पद व्यक्तिले देश छोडेको खबर छ ।

आखिर को हुन् एक क्विन्टल सुनका मालिक ? त्रिभुवन अन्तराष्ट्रिय विमास्थलबाट अघिलो मंगलबार पक्राउ परेको एकसय किलो सुन तस्करहरुका लागि एक अंश भएको खुलेको छ । पटक–पटक गरेर सुनको पहाडनै भित्र्याएको गिरोहले ब्रेक शु, को आबरणमा चलाएको धन्दा उदेक लाग्दो छ । सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिको काठमाडौंस्थित सोह्रखुट्टे गोदामबाट बुधबार बरामद गरिएका स्कुटरको ‘ब्रेक शु’ बाट भएजति सबै सुन झिकेर दुरुस्तै गरी काटुर्नमा प्याक गरेर राखेको अवस्थामा राजश्वको टोलीले सुन निकालिएको ब्रेक सु,को खोस्टा बरामद गरेको छ ।

pm office

यध्यपी १ हजार ३२० थान ब्रेक शु, बाट ७३२.६ केजी सुन निकालिएको निकर्षमा अनुसन्धान टोली पुगेको छ । सोह्र खुट्टेमासुनको आशंकामा छापा मार्न पुगेको टोलीलाई बुधबार फगत ब्रेक शु, हात लागेको छ । ब्रेक शु, को आबरणमा सुनको धन्दा चलाइृरहेको गिरोहचालबाजी र धु्रत चतुर्याइएमा पारंगत देखिएको छ । त्यहि भएर त, छापा मार्न पुगेका टोलीलाई खोस्टा छोडेर सुन सेटल गर्न सफल भएको छ । मुलतः यो अनुसन्धान ढिलो हुँदा तस्कर समुहले खेल्न पाएको मौका पनि हो ।

तस्कर गिरोहले पगालेर १००० ग्राम तौलको एक थान ‘ब्रेक शु’बाट ५५५ ग्राम सुन निकालेका छ ।सुन झिकिएपछि अहिले ‘ब्रेक शु’को प्रतिथान तौल ४४५ ग्राम मात्रै छ । तस्कर समुह प्रहरी र विभाग भन्दा एक कदम अगाडि देखिएको छ । यसअघिनै पटक पटक सुन छिराउनु र मुकाममा पु¥याएको सुन पनि निकालेर खोस्टा बनाएर फेरि कार्टुनमा प्याक गरी दुरुस्तै राख्नुले पनि गिरोह अनुसन्धानकर्ताको आँखामा छारो हाल्न सफल देखिएको छ । विगतका नजिर र अहिलेपनि भरीया पक्राउ परेको घट्नाले कतै सुनको मालिक यीनै भरियलाई देखाएर मुल गिरोहलाई छोडिनेत हैन भन्ने आशंका जिवित छ ।

ब्रेकसुमा लुकाएर क्विन्टल परिमाणमा सुन तस्करी भएर आएपछि भन्सार विभागले हङकङको भन्सार कार्यालयलाई पत्राचार गरेको छ ।भन्सार विभागले सीधै हङकङ भन्सारलाई पत्राचार गर्दै नेपालमा सुन तस्करीको विषयमा भएको छानबिनका लागि सहयोग गर्न पनि आग्रह गरेको छ । नेपाल र हङकङ दुवै ‘वर्ल्ड कस्टम अर्गनाइजेसन’का सदस्य हुन् ।

यो अर्गनाइजेसनको सदस्य भएका भन्सारबीच सीधा संवाद र पत्राचार हुने व्यवस्था छ । अहिलेको सुन प्रकरणको अनुसन्धानमा सकस देखिएको छ । संगठित रुपमा तल्ला तहाका कर्मचारी र उपल्लो ओहोदाका राजनीतिक नेतृत्वको ग्रिन सिंग्नलमै अहिले सम्म सुन तस्करी भएको आशंका छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.