No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान प्रदिप ब्राउन सुगरसहित कञ्चनपुरबाट पक्राउ

गोकुलेश्वर । कञ्चनपुरमा लागुऔषधसहित एक प्रहरी नै पक्राउ परेका छन् । आज(शनिबार) साँझ पुनर्वास नगरपालिका–१० दोदा पुलबाट नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले उनीसहित २ जनालाई पक्राउ गरेको हो ।

pm office

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन्। प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको प्रहरी स्रोतले बताएको छ ।

उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १.२ ग्राम लागुऔषध (ब्राउन सुगर) फेला परेको प्रहरीले बताएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.