No.1 News Portal from Sudurpashchim Province
bajaj

बालेन र सुनितालाई दिकदार बनाउने गरी काठमाडौंमा प्रदर्शन

गोकुलेश्वर । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह बालेन र उपप्रमुख सुनिता डंगोलविरुद्ध प्रदर्शन भएको छ ।

‘गरिबको चमेली बोल्दिने कोही छैन’ स्लोगनसिहत अभियन्ताहरूले काठमाडौं महानगरका प्रमुख र उपप्रमुखको कार्यालय राष्ट्रिय सभा गृहअगाडि प्रदर्शन गरेका हुन् ।

pm office

उनीहरूले रैथाने फुटपाथ व्यवसायी, साइकल तथा गाढा व्यवसायीहरूको सम्मानजनक व्यवस्थापनका लागि उचित नीति, गैरकानूनी आचरणको अन्त्यको साथै काठमाडौं महानगरसँग जवाफदेहिताको माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले ‘बालेन सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो ?’, ‘मानवता, सहानुभूति र जबाफदेहिता नभएको युवा नेतृत्व कसरी फरक भयो?’, ‘गरिब होइन गरिबी हटाऊ!’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

अभियन्ताहरूले महानगरले सडक व्यवसायी तथा गरिखाने वर्गमाथि गरिरहेको धरपकडको विरोध गरिरहेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.