No.1 News Portal from Sudurpashchim Province
bajaj

ड्राइभर भिसामा साउदी उडेका नेपालीलाई कुकुर मार्ने काम दिएपछि..

गोकुलेश्वर । मेनपावरलाई चर्को पैसा बुझाएर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका १५ नेपाली अलपत्र परेका छन् । गत वर्ष माघ २४ गते साउदी अरबको रियाद पुगेका उनीहरु अहिले अलपत्र अवस्थामा छन् ।

पीडितहरुले एक भिडियो सन्देश जारी गर्दै काठमाडौंमा रहेको टारगेट एचआर सोलुसन मेनपावरले ड्राइभर भिसामा साउदीको रिकन्स्ट्रक्शन एन्ड कन्ट्रोल फर कन्ट्याटिङ इस्ट नामक कम्पनीमा पठाएको भएपनि अहिलेसम्म कुनै लाइसेन्स तथा अकामा पनि नबनाइदिएको बताएका छन् ।

‘हामी यहाँ ड्राइभरमा आएका हौ, अहिलेसम्म कम्पनी लाइसेन्स तथा अकामा पनि बनाइदिएको छैन’ उनीहरुले भिडियोमा भनेका छन्, ‘हाम्रो भिसा ड्राइभरको भएपनि कुकुर मार्ने काम दिएको छ, एक दिन काममा गएन भने तलब काट्छ धेरै साथीहरुलाई कुकुरले टोक्दा रेबिजविरुद्धको सुई पनि लगाइदिएको छैन ।’

pm office

पीडितहरुका अनुसार ६ महिना काम गरेको भएपनि अहिलेसम्म २ महिनाको मात्र तलब दिएको छ । आफूहरुले बाँकी चार महिनाको तलब नपाएको उनीहरुको गुनासो छ । अहिले तलब नपाएपछि भोकभोकै बस्न बाध्य भएको पीडितहरुले भिडियोमा भनेका छन् । नेपालबाट मेनपावर कम्पनीले महिनाको १ हजार ५ सय साउदी रियालसम्म तलब हुने आश्वासन दिएर पठाएको भएपनि अहिले सम्झौताअनुसारको काम र तलब नपाएको उनीहरुले बताएका छन् ।

उनीहरुले सम्झौतापत्रमा उल्लेख गरिएअनुसार काम र तलब माग्दा कम्पनीले प्रशासनले उल्टै शारीरिक तथा मानसिक यातना दिने गरेको बताएका छन् । आफूहरुलाई सम्झौताविपरीत काम लगाएको तथा यातना दिएकोबारे रियादस्थित नेपाली दूतावासलाई जानकारी गराएको भएपनि बेवास्ता गरेको पीडितहरुको आरोप छ ।

आफूहरुले सम्झौताअनुसारको काम र दाम नपाएको भन्दै साउदी पठाउने मेनपावर कम्पनीलाई पटक पटक जानकारी गराएको भएपनि मेनपावरले अहिलेसम्म कुनै सुनवाइ नगरेको र उल्टै जे गर्छौ गर भनेर धम्की दिने गरेको पीडितहरुको भनाइ छ ।

उनीहरुले आफूहरुलाई सकुशल उद्धार गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, विभिन्न सामाजिक अभियन्तालगायत सम्बन्धित निकायलाई स्वदेश फर्कने वातावरण मिलाइदिन पनि अनुरोध गरेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.