No.1 News Portal from Sudurpashchim Province
bajaj

दलितको घर भत्काउने तीन जना समातिए

गोकुलेश्वर । बझाङमा दलितको घर भत्काएको आरोपमा तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

उनीहरु माथि जोशी बस्ती नजिक दलितले घर भत्याएको र मकैबाली काटेर नष्ट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको थियो ।

pm office

बित्थडचिर गाउँपालिका –७, स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले विहीबार स्थानीय धामी गाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जोशीलाई गिरफ्तार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले पीडितले दिएको उजुरीअनुसार तीन जनालाई गिरफ्तार गरी अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको बताउनुभयो ।

पीडित पुटके ओखेडाले स्थानीय ३०–३२ जनाको समूहले हाम्रो बस्तीनजिक दलितले घर बनाउन पाइँदैन भन्दै जातीय रुपमा गालीगलौच गरी घर भत्काएको बताउनुभयो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.