गोकुलेश्वर । १४ वर्षीया बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ बस्ने २३ वर्षीय बिनोद वली रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्रेको हो ।

वलीले ती बालिकालाई सोही ठाउँस्थित मकै बारीमा लगि मंगलबार दिउँसो बलात्कार गरेको उजुरी परेको थियो ।
सोही आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।ब



