गाृकुलेश्वर । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

जबरजस्ती करणीको आरोप लागेका उनलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई आफ्नै घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।
बलात्कारको आरोप लागेपछि उनी आफ्नो कार्यालयबाटै सम्पर्कविहीन भएका थिए भने उपचारका लागि भन्दै अस्पतालमा बसेका थिए ।



