No.1 News Portal from Sudurpashchim Province
bajaj

सप्तरीमा एक युवकको हत्या

गोकुलेश्वर । सप्तरीमा एक युवकको हत्या भएको छ । अर्का एक युवक घाइते छन् ।

pm office

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज बिहान घर नजिकै हिलोमा फेला परेको र अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले बताए ।

‘घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या नै भएको देखिन्छ । अर्का युवक घाइते छन् । घटना कति बेलाको हो त्यो खुल्न सकेको छैन,’ प्रवक्ता सिंहले भनेका छन् ।

उनका अनुसार स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.