
गोकुलेश्वर । डोटीको सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय बालक सुशान्त साउँद बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानाएको छ ।
बिहिवार पौडी खेल्ने क्रममा उनीसँगै डुबेका चार वर्षीय बालक मिलन साउँदलाई स्थानीयले उद्धार गरेका छन् । मिलनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लक्ष्मी जोशीले बताए। बेपत्ता सुशान्तको खोजी कार्य जारी रहेको छ । खोजीका लागि आफन्त नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।



