No.1 News Portal from Sudurpashchim Province
bajaj

देशभरि चर्चा सुनको, बझाङमा चिन्ता नुनको !

गोकुलेश्वर । बुधबार बिहानै बझाङको खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँड्दै गरेको भेटिए । उनको हातमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन थियो ।

बजारमा कार्कीलाई चिनजानका सर्वसाधारणले बिहानै नुन कता पाइयो भनेर प्रश्नसमेत गरिरहेका थिए । कार्कीको जवाफ थियो, ‘पसल खुला हुनुपर्छ, जता पनि पाइन्छ ।’

कार्की सदरमुकाम चैनपुर बस्न थालेको पाँच वर्ष भइसक्यो। एयरपोर्टमा बस्दाबाहेक बीच बजारमा सरेपछि उनले हरेक पटक नुन विभिन्न पसलहरूबाट किन्दै आएका छन् । पसलबाट किनिएको नुन भने कताबाट आएको हो भन्ने उहाँलाई जानकारी छैन । ‘नुन सकिएपछि जुन पसल खुला हुन्छ, त्यो पसलमा जान्छु। नुन मागेपछि पाइहाल्छु’, उनी भन्छन् ।

सुर्माकी रमा बोहरालाई पनि चैनपुरमा नुन किन्न कहिल्यै समस्या परेन। बजारमा जानेबित्तिकै नुन पाइरहेको उनले सुनाए। ‘म आएको डेढ वर्ष हुन लागिसक्यो’, उनले भने, ‘सबै मान्छे नुनै पाइँदैन भन्छन्। मलाई भने अहिलेसम्म कहिल्यै समस्या परेन। पैसा भए सुनसमेत पाउने ठाउँमा नुन पाइँदैन भन्नु अचम्मको कुरा हो ।

pm office

बजारमा आफूले चाहेमा जति पनि नुन किन्न सक्ने उनले बताए। ‘मैले गत साता मात्रै एउटा पसलबाट १५ पाकेट नुन किनेर गाउँ पठाएकी थिएँ।’ गाउँमा पशुलाई समेत पाकेटकै नुन खुवाउने गरेको उनले सुनाए ।

राजेश र रमा जस्तै पसलेका ग्राहक हुन् दुर्गाथली गाउँपालिका जुजीका हेमराज जोशी। जोशीलाई पनि बझाङमा नुन सङ्कट भएको भन्ने अचम्म लाग्छ ।

‘हिजो मात्रै मैले मन्दिर नजिकैको पसलबाट एक पाकेट नुन ल्याएको हुँ । कसरी सङ्कट भयो?’ धेरै किन्नु नपर्ने तर, कहिलेकाहीँ एक÷दुई पाकेट जता पनि पाइने हुँदा समस्या नपरेको उनले बताए। जोशीले भने, ‘पैसा भए सुन त सजिलै पाउँछ भने नुन किन नपाउनु ।

बझाङमा नुन विक्रीका लागि आधिकारिक विक्रेता भनेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हो। साल्ट ट्रेडिङको डिपोबाहेक कसैले पनि नुन बेच्न पाउँदैन। तर, राजेश, रमा, हेमराज जस्तै सयौँ ग्राहक भने साल्ट ट्रेडिङको नुन बेच्ने पसलेबाटै कारोबार गरिरहेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशनको डिपोबाट प्रति पाकेट नौ रुपैयाँमा किनेर व्यापारीले १५ देखि २० रुपैयाँमा बेच्दै आएका छन्।

व्यापारीले साल्ट ट्रेडिङकै नुन बिक्री गरिरहेको जानकारी पाएपछि राससको टिम ग्राहक बनेर जाँदा एक पसलले १५ रुपैयाँमा एक पाकेट ‘भानु” नुन थमाए। साल्ट ट्रेडिङको नुन किन बेचेको भन्ने प्रश्नमा भने उनी नाजवाफ भए। उनले आत्तिँदै भने, ‘ग्राहक नुनका लागि आउनुहुन्छ । उहाँहरूलाई समस्या नहोस् भनेर आफूलाई खानका लागि ल्याएको केही पाकेट नुन पसलमा राखेको हुँ।’ उनले आफूले मात्रै नभई बजारमा धेरैले बिक्री गर्ने गरेको बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.