No.1 News Portal from Sudurpashchim Province
bajaj

गगन थापाले निर्वाचन आयोगमा बुझाए १५ हजार जरिवाना

गोकुलेश्वर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगले तोकेको जरिवाना बुझाएका छन् । निर्वाचन खर्चको विवरण सार्वजनिक नगरेको भन्दै आयोगले १५ हजार जरिवाना तोकेको थियो ।

pm office

खर्च विवरण सार्वजनिक गरेको आयोगलाई जानकारी गराउनु पर्ने जानकारी आफूलाई नभएको कारणले आफूले जरिवाना बुझाएको बताएका छन् ।

उनले फेशबुकमा लेखेका छन्, ‘मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु । अत :  १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु ।’

उनले पहिला नै आयोगलाई खर्च विवरण बुझाइसकेको उल्लेख गर्दै २३ लाख ४२ हजार ७६८ रुपैयाँ १० पैसा खर्च भएको भएको पनि जानकारी गराएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.