No.1 News Portal from Sudurpashchim Province
bajaj

होटलमा मृत भेटिएका वरिष्ठ सईको कुटेर बेहोस बनाएपछि पर्दाले घाँटी कसेर हत्या

गोकुलेश्वर । इलाका प्रहरी कार्यालय भिमगिठे, बागलुङका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्जल पौडेल मंगलबार विहान मृत भेटिए ।

बडिगाड गाउँपालिका–६ स्थित खाल बजारमा रहेको आशा होटल एण्ड खाजा घरमा मंगलबार राति दुई बजे मृत भेटिएका उनको अनुसन्धानका लागि प्रहरीले टोली बिहान मात्र पुग्यो ।

प्रहरीको टोली पुग्दा मृत पौडेलको शव पर्दाको पासो काटेर भुइँमा झिकेर राखिएको थियो। घटनास्थललाई निगरानीमा राखेको प्रहरीले अनुसन्धान थाल्यो र होटल सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोदलाई नियन्त्रणमा लियो ।

pm office

दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा आमाछोरा मिलेर वरिष्ठ सई पौडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

केसीका अनुसार पौडेल मंगलबार राति ८ बजेति होटलमा पुगेका थिए । होटल पुगेका पौडेलको सञ्चालक आशा र उनका छोरा विनोदसँग विवाद भयो ।

विवादपछि आमाछोराले पौडेलको टाउकोमा मुक्काले र छातीमा लात्तीले हानेर बेहोस बनाए । बहोस भएर भुइँमा ढलेका पौडेललाई आमाछोरा मिलेर पर्दाको कपडाले घाँटी कसी साढे ११ बजे हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक केसीले बताए ।

प्रहरीले वरिष्ठ सई पौडेलले घाँटीमा लगाएको सुनको सिक्री लुटेर किचेन र्याकमा राखेको अवस्थामा बरामद गरेको छ । पक्राउ परेका दुईविरुद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको केसीको भनाइ छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.