No.1 News Portal from Sudurpashchim Province
bajaj

विवादित पुस्तकका लेखकले भने : जंगली भालु लेख्न खोज्दा महिला टाईप भयो

गोकुलेश्वर । लोक सेवा परीक्षाको तयारी पुस्तकमा महिलाहरु प्रति अपमानजनक शब्द प्रयोग गरेर विवादमा परेका वन तथा वातावरण मन्त्रालयका सहायक संरक्षण अधिकृत रामएकवाल दासले माफी मागेका छन् ।

pm office

सामाजिक सञ्जाल फेसवुकमा स्ट्याटस लेख्दै दासले जंगली भालुबारे लेख्न खोज्दा अन्यथा परेको दाबी गर्दै माफी मागेका हुन। विद्या विकास पब्लिकेसन्स कलंकीले प्रकाशित गरेको दासद्वारा लिखित ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’ पुस्तकमा महिलाहरुबारे आपत्तिजनक प्रश्नोत्तर समावेश छ । पेज नम्बर १४३ को प्रश्न नं. १८ मा चारवटा अप्सनसहित केटीलाई भा… किन भनिएको होला ?भन्ने प्रश्न छ ।
अप्सनमा ‘पोथी भालु जस्तै व्यवहार भएर, पोथी भालुले एक पल्टमा धेरै भालेसँग संसर्ग गर्ने भएर, पोथी भालु बहुपति गामी हुन्छ र माथीका सबै’ भनेर लेखिएको छ ।

उक्त प्रश्नोत्तरको विरोधमा विभिन्न विद्यार्थी संगठन तथा महिलाले माइतीघर मण्डलामा सोमबार विरोध प्रदर्शन गरेका थिए। उनीहरूले ‘महिला हिंसा बन्द गर, महिला अधिकारको रक्षा गर’ लगायत प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए। यतिखेर पनि सामाजिक सञ्जालमा यसको चर्को विरोध भइरहेको छ ।

यता, लेखक दासले भने ‘अन्यथा टाइप भएको बुझिएकोले सो सच्याएर पढिदिनु होला’ उनले सामाजिक सञ्जालमा सूचना जारी गरेका छन् । ‘कसैलाई अन्यथा परेकोमा म साह्रै दुःखी छु, त्यसको लागि माफी चाहन्छु, मेरो मनसाय केटी वा दिदी बहिनीहरूलाई अपमानित गर्ने पटक्कै होइन, यसमा अथवा अन्य कुनै अरू गलत टाइपको लागि पुनः माफी माग्दै सचेत पाठकहरूले मेरो अन्यथा मिस्टेकलाई बेलैमा प्रष्ट पार्ने मौका दिनुभएकोमा धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.