No.1 News Portal from Sudurpashchim Province
bajaj

बझाङको नारायण माविलाई बालमैत्री शौचालयको भवन हस्तान्तरण

बझाङ। जिल्लाकोे जयपृथ्बी नगरपालिका—१ मा गैरसरकारी सस्थाद्धारा निर्माण गरीएको एक बालमैत्री शौचालय हस्तान्त्रण गरिएको छ ।

जयपृथ्बी नगरपालिका—१ मा रहेको नारायण माध्यमिक विद्यालय पिमीको २ गोठे बालमैत्री शौचालयको भबन हस्तान्तरण गरिएको हो ।

वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग,प्रगतिशिल युवासमाजको साझेदारी ,जयपृथ्बी नगरपालिकाको समन्वय तथा स्थानीयको सहयोगमा २ कोठे भुकम्प प्रतिरोधी,बालमैत्री र अपाङ्गमैत्री शौचालय भबन निर्माण गरीएको थियो ।

नारायण माध्यमिक विद्यालयको शौचालयको भवन १६ लाख २० हजार ५ को लागतमा निर्माण कार्य सम्पन्न भएको प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लबराज जोशीले बताए ।

pm office

२०७९ साल मंसिर २० बाट सुरु भएको निर्माण कार्य २०८० बैशाख २० मा सम्पन्न भएपछि सोमबार विद्यालयलाइ हस्तान्त्रण गरीएको हो ।

यस्तै जयपृथ्बी नगरपालिका — ११का वडा अध्यक्ष डम्बर बहादुर सिंहले सस्थालाइ धन्यबाद दिदैं विद्यालयमा बालमैत्री र अपाङ्ग मैत्री शौचालयको भबन भनेको बालबालिकाको भबिष्य कोर्ने ठाउँ भएकाले यसको रेखदेख गर्नु सबैको कर्तव्य भएको बताए ।

त्यसै,उक्त भबन उद्घाटन कार्यत्रममा बोल्दै जयपृथ्बी नगरपालिका नगरप्रमुख चेतराज बजालले बझाङ जिल्लामा प्रगतीशिल युवा समाज र वल्र्डभिजनले राम्रो काम गरीरहेको बताउदै उक्त विद्यालयको रेखदेख गर्ने जिम्मा अब बिद्यालयको रहेको बताए ।

भवन सँगै पढाइलाई गुणस्तरीय बनाउन विद्यार्थीले बढी दिनुपर्ने, शिक्षकले पढाइ दिनुपर्ने, र अभिभावकहरुले बालबालिकालाई विद्यालयमा पढाउनुपर्ने जानकारी दिए ।

उक्त विद्यालयमा बालमैत्री र अपाङ्ग मैत्री शौचालयको व्यवस्थापन असहज भएपछि सबैको सहकार्यमा भवन बनाउने उदेश्य पूरा भएको र भबन बनाउनका लागि सबैको महत्वपुर्ण भुमिका रहेकाले भवनको संरक्षण गर्नका लागि समुदायले अगाडि बढ्नु पर्ने प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.