No.1 News Portal from Sudurpashchim Province
bajaj

यसरी खुल्दैछ रास्वपा नेताको अराजक्ता : पत्रकार कुटेपछि जिल्ला संयोजक चैट

गोकुलेश्वर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताको आतंक र अराजकता एकपछि अर्को गर्दै सार्वजनिक हुने क्रममा छ । यसैक्रममा पत्रकार अपहरण गरी वन्दि वनाएर कुटपिट गरेको आरोप लागेका बझाङ संयोजक नगेन्द्र खड्का पार्टीबाट निलम्बित भएका छन् ।

बझाङमा होटल व्यवसाय सञ्चालन गरिरहेका खड्काले पत्रकार सुनिल मण्डेललाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेको आरोप लागेको थियो । आरोपपछि उनलाई पार्टीले निलम्बन गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

पार्टीको अनुशासन समितिले उनको वारेमा अनुसन्धान गरिरहेको र अनुसन्धान पछि आवश्यक कारबाही गरिने ढकालको भनाई छ ।

pm office

होटल होलि डे इनका सञ्चालक रहेका खड्काको निर्देशनमा सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत सुनिल मण्डेललाई घरबाटै अपहरण गरिएको आरोप लागेको थियो । मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखाले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेको छ ।

यसअघि रुपन्दीमा शाखामामा पार्टीको दुई गुटबीच विवाद हुँदा मध्ये राती पार्टी कार्यालयमै कुटाकुट भएको थियो। यो घट्ना प्रहरी कार्यालयमा पुगेर मिलापत्र गरी टुङ्ग्याईएको छ ।

पार्टीले सांसद वनाएका ढाकाप्रसाद श्रेष्ठ २ करोड घुस मागेको आरोप लागेपछि वर्खास्त भएका थिए। उसो त महामन्त्री ढकालमाथि पनि समानुपातिक कोटामा गुरुआमा र कर्मचारीलाई सांसद बनाएको आरोप छ।

लामिछाने स्वयम पनि नागरिक्ता, राहदानी, विवाहलगायतका विषयमा विवादित ब्यक्ति हुन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.