गोकुलेश्वर । दार्चुलामा सडेगलेको अवस्थामा शव फेला परेको छ । जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकटस्थित महाकाली नदीको किनारमा बालिकाको शव फेला परेको दार्चुलाका सुचना अधिकारी एवम प्रहरी निरिक्षक ज्ञान बहादुर सिहले बताए ।

सिहले सेतीकाली संग कुराकानी गर्दै भने, शव सडेगलेको अवस्थामा छ, पहिचान गर्न सकिने स्थिती छैन, अहिले प्रहरिको टोलि घटनास्थलमा गएको छ, त्यसपछि थप अनुसन्धान गर्छौ ।
सुचना अधिकारी सिहका अनुसार आज दिउसो महाकाली नदी किनारमा नाम थर र वतन नखुलेकी अन्दाजी १४ /१५ वर्षीया बालिकाको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ ।



