No.1 News Portal from Sudurpashchim Province
bajaj

‘बगान’को कमजोर कमाइले करिश्मालाई टेन्सन मात्रै

गोकुलेश्वर । फिल्म हलमा दुई दिन राम्रोसँग टिकेको हुन्न व्यापार भने करोडको आउँथ्यो। लाख कमाउँदा करोडको गफ कर तिर्न हैन अर्को निर्माता फसाउने वा ओभरसिज् व्यापार लक्षित हुन्थ्यो ।

जब चलचित्र विकास बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक गर्न थाल्यो केही निर्माता अनि निर्देशक मात्रै हैन कलाकारको पनि निन्द्रा गायब भएको देखियो ।

पहिला छक्कापञ्जा टिमका दीपकराज गिरीले आफ्नो फिल्मको कमाई कम देखाएको भनेर रिसाएका थिए। हालै बोर्डले सार्वजनिक गरेकोको कुल व्यापारमा छक्कापञ्जा ४ ले १७ करोड बढीको कुल कारोबार गरेको उल्लेख छ । दोस्रोमा जारी जुन अहिले पनि हलमा लागिरहेकै छ ।

दीपकराज फिल्मको निर्मातामध्येका एक। उनले व्यापारबारे प्रश्न उठाउनु जायजै थियो । तर फिल्ममा अभिनयको मात्र जिम्मेवारी भएका कलाकार बोर्डले सार्वजनिक गरेको बक्स अफिस कलेक्सनमा रिसाउनुपर्ने कुनै विषय हुन्छ र ?

हुँदो रैछ! बोर्डले फिल्म ‘बगान’को कलेक्सन रिपोर्ट सार्वजनिक गरेपछि त्यसमा अभिनय गरेकी करिश्मा मानन्धर रिसाइन् । फिल्ममा दिइएको क्रेडिट अनुसार उनी अभिनेत्री मात्रै हुन्, निर्माता हैनन्। तर बोर्डले कम व्यापार गरेको देखाएको तर फिल्मले त ७० लाख कुल आम्दानी गरेको भन्दै उनी सामाजिक सञ्जालमा झुल्किइन् ।

pm office

उनले फिल्म चलिरहेको अवस्थामा दुई दिनमा नै यति कमायो र उति कमायो भन्दै समाचार सार्वजनिक गर्नु बोर्डको कुरा नभएको भन्दै अध्यक्ष भुवन केसीलाई उनको काम समेत सम्झाउने प्रयास गरेकी छिन्। ।

उनले फिल्म हलबाट उत्रिएपछि मात्रै व्यापार सार्वजनिक गर्नुपर्ने नियम लागु गर्न माग गरिन् ।

‘जबसम्म फिल्म चलिरहेको हुन्छ, तबसम्म दर्शक तान्ने सम्भावना रहिरहन्छ। फिल्म चलेको दुई दिनमै यति कमायो र उति कमायो भनेर समाचार सार्वजनिक गर्नु बोर्ड जस्तो जिम्मेवार निकायले गर्ने कुरा हो जस्तो लाग्दैन,’ उनले फेसबुकमा लेखिन्, ‘सबै मिलेर कानुनी रूपमा नै जबसम्म फिल्म हलबाट उत्रिँदैन तबसम्म व्यापार सार्वजनिक गर्न नपाउने नियमको लागि पहल गर्नुपर्ने देखियो ।’

बोर्डले बगानको मात्र हैन आर्थिक वर्षको आधारमा रिलिज भएको सबै फिल्मको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको थियो । रिपोर्टमा ‘बगान’को १० दिनको कलेक्सन रिपोर्ट ६९ लाख ७८ हजार १ सय ९१ रुपैयाँ कमाएको उल्लेख छ ।

रिपोर्टमा प्रस्टै गत आर्थिक वर्ष रिलिज भएका फिल्ममध्ये बगान र जारी अझैँ हलहरूमा चलिरहेको उल्लेख छ । बोर्डले आर्थिक वर्षको आधारमा असार अन्तिम सातासम्म रिलिज भएका फिल्मको बक्स अफिस कलेक्सन सार्वजनिक गर्दा रिसाउनुपर्ने कारण देखिन्न ।

तर कमजोर रिपोर्ट सार्वजनिक भएपछि निर्माण टिम पनि बोर्डप्रति रुष्ट देखिए । अब सत्य सार्वजनिक हुँदा रिसाउनेलाई के नै भन्न सकिन्छ र । बोर्ड अध्यक्ष भुवन केसी बोर्ड अध्यक्ष भएपछि गरेको राम्रो काम यही एउटा त हो। यसलाई समर्थन गरेकै बेस ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.