No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहलाई एमाले अध्यक्ष ओलीले ४८ घण्टे स्पष्टीकरण सोधे

गोकुलेश्वर। पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेको छ ।

pm office

अध्यक्ष ओलीले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेको एमालेका प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए । पार्टी स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गर्दासमेत प्रदेश संसदीय दलले पार्टीको निर्देशन विपरीत निर्णय गरी अघि बढेको जनाई कारवाही प्रक्रिया थालेको बताइएको छ ।

एमाले केन्द्रीय सदस्य शाहलाई अध्यक्ष ओलीले एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधानसमेतका आधारमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी किन निष्काशन नगर्ने भनी चित्तबुझ्दो जवाफ माग गरेको छ ।

प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटीले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको भनी सोधेको छ । त्यस्तै शाहलाई गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोप पनि लगाइएको छ । -रासस

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.