No.1 News Portal from Sudurpashchim Province
bajaj

दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गर्न बैतडीमा ट्रमा कर्नर निर्माण गरिँदै

बैतडी। दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गर्नका लागि यहाँ ट्रमा कर्नर निर्माण गरिँदैछ। पाटन नगरपालिका–८ खोड्पेमा कर्नरको भवन निर्माण कार्य सुरु गरिएको हो। सङ्घीय सरकारले सो नगरपालिकालाई ट्रमा कर्नर निर्माणका लागि बजेट पठाएपछि ट्रमा कर्नर निर्माणको काम सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मदन सिंह महराले जानकारी दिए।

बैतडी सहित दार्चुला, बझाङ र डडेल्धुराको केन्द्र पर्ने भएकाले खोडपेमा ट्रमा कर्नर निर्माण सुरु गरिएको हो। चालु आर्थिक वर्षमै भवन निर्माण गरिसक्ने लक्ष्यअनुसार ट्रमा कर्नर निर्माणको जिम्मा पाएको अर्चना निर्माण सेवाले काम गरिरहेको हो। सङ्घीय सरकारले ट्रमा कर्नरका लागि ५० लाख बजेट पठाएको र त्योमध्ये ३५ लाख भौतिक निर्माणमा खर्च हुनेछ। बाँकी रकम औजार उपकरण खरीदमा खर्च हुने जनाइएको छ।

pm office

तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले २०७६ माघमा यहाँ आएका बेलामा गरेको प्रतिबद्धताअनुसार ट्रमा कर्नर निर्माणका लागि बजेट आएको हो। ट्रमा कर्नर सञ्चालनमा आएपछि दुर्घटनामा परेका घाइतेलाई उपचारका लागि सहज हुनेछ। सो कर्नरमा घाइतेलाई तत्कालको उपचार र बेसिक लाइफ सपोर्टका लागि सहज हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

भवन निर्माण भएपछि तत्कालका लागि सिद्धेश्वर स्वास्थ्यचौकी मातहत राखेरै ट्रमा कर्नर सञ्चालनमा आउने नगरपालिकाकाले जनाएको छ। भवन निर्माणको काम भइरहेको भए पनि जनशक्तिका विषयमा अहिलेसम्म केही व्यवस्था हुन नसकेको महराले बताए। सिद्धेश्वर स्वास्थ्यचौकी परिसरमा बन्न लागेको तीनकोठे कर्नरमा हाल १२ श्यया, इसिजी एक्स–रे मेशिनलगायत उपकरण राखिने बताइएको छ।

राजमार्गमा पर्ने स्वास्थ्य संस्थामा स्थापना गरिएको उक्त कर्नरले चोटपटक लागेका बिरामीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने तथा आकस्मिक उपचार सेवा प्रदान गर्नेछ। सरकारले दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पताल पठाउने गरी राजमार्ग नजीक रहेका स्वास्थ्य केन्द्रलाई ट्रमा कर्नरका रूपमा विकास गर्न लागेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए। -रासस

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.