No.1 News Portal from Sudurpashchim Province
bajaj

अध्यक्षको गालामा एक थप्पड हानेर ठाउँको ठाउँ ढलाउने उपाध्यक्ष रिहा

गोकुलेश्वर । जुम्लाको गुठिचौर गाउँपालिकाका अध्यक्षलाई थप्पड हानेपछि पक्राउ परेकी उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी)आठ दिनपछि रिहा भएकी छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय जुम्लाले मल्ललाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा तीन हजार रुपैयाँ धरौटीमा रिहा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी प्रल्हाद कार्कीले जानकारी दिए ।

‘असार ३१ गते जाहेरी परेपछि त्यहि दिन पक्राउ गरेका थियौँ । अनुसन्धान सकेर अभियोजन सरकारी वकिलको कार्यालयमा बुझायौं,’ डिएसपी कार्कीले भने, ‘त्यहाँबाट अभियोजन जिल्ला प्रशासनमा गएपछि आइतबार तीन हजार धरौटी तिरेर उहाँ छुट्नुभयो । ’

pm office

गत असार ३१ गते दिउँसो उपाध्यक्ष मल्लले गाउँ कार्यपालिकाको बैठकमा अध्यक्ष दानबहादुर बुढालाई मनोमानी गरेको भन्दै थप्पड हानेकी थिइन् ।

अध्यक्ष बुढाले सोही दिन नै जिल्ला प्रहरी कार्यालय जुम्लामा आफुलाई कुटपिट गरेको भन्दै अभद्र व्यवहार सम्बन्धी जाहेरी दर्ता गराएपछि तत्कालै मल्ललाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यसपछि प्रहरीले मागेअनुसार जिल्ला प्रशासन कार्यालयले पाँच दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उपाध्यक्ष मल्लले आफूमाथि भएको अत्याचार सहन नसकेर हातपात गर्न बाध्य भएको प्रतिक्रिया दिएकी थिइन् ।

अध्यक्ष बुढा नेपाली कांग्रेसबाट र उपाध्यक्ष मल्ल एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.