No.1 News Portal from Sudurpashchim Province
bajaj

‘हल्का रमाइलो’को पछिल्लो शृंखलामा बल्छी धुर्बेको हिरासतदेखि रिहाइसम्मको कथा

pm office

गोकुलेश्वर ।  प्रसारण रोकिएको डेढ महिनापछि अन्ततः टिभी सिरियल ‘हल्का रमाइलो’को प्रसारण सुरु भएको छ ।

यो एपिसोड बल्छी धुर्वेमय रह्यो । वान–एक्स बेट प्रकरणमा पक्राउ परेदेखि अदालतको आदेशमा रिहाइसम्मको यात्रालाई निर्देशकसमेत रहेका बल्छी धुर्वेले यो श्रृंखलामा प्रस्तुत गरेका छन् । उनले यो श्रृंखलामार्फत गल्तीप्रति माफी माग्दै अदालतको आदेशलाई सम्मान गर्ने समेत बताएका छन् ।

पछिल्लो एपिसोडमा बल्छी धुर्वेलाई मात्र देखाइएको छ भने राजु मास्टर देखिएका छैनन् । एक महिना प्रहरी हिरासतमा बस्दाखेरिको पीडा, सामाजिक सञ्जालमा चलेको हल्ला, नेताले देखाउने स्वार्थदेखि परिवारमा परेको असर लगायतका सन्दर्भ यसमा प्रस्तुत गरिएको छ । युट्युबमा सार्वजनिक भएको १९ घण्टामै यो एपिसोडलाई चार लाखभन्दा बढी पटक हेरिएको छ ।

‘हल्का रमाइलो’को पछिल्लो एपिसोडमा उत्तम केसी नेताको भूमिकामा देखिएका छन् । सिरियलमा सविता गुरुङ, कृष्ण सिवाकोटी, डोल्मा लामा, अनिता बस्नेत, कमला रेग्मी, रजनी गुरुङ, पुजन घिमिरे लगायत पनि देखिएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.