No.1 News Portal from Sudurpashchim Province
bajaj

विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खोलेर ठगी,नक्कली उप(सचिवसहित ४ जना प्रहरी नियन्त्रणमा

गोकुलेश्वर । काठमाडौं प्रहरीले काठमाडौंको भीआईपी क्षेत्रमा विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० को नक्कली कार्यालय खोलेर ठगी गर्ने ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले काठमाडौंको बुढानिलकण्ठमा मासिक एकलाख ८० हजार रुपैयाँमा घरभाडामा लिएर कार्यालय खोलि नक्कली कार्यालय खडा गरेर विभिन्न व्यक्तिहरुलाई ठगी गर्दै आएका थिए ।

pm office

यसरी कार्यालय खोलेर ठगीगर्नेमा कार्यालय प्रमुख जयराम केसी, कार्यालय सञ्चालक पेम्बा तामाङ, आकाश राई र प्राविधिक इन्जिनियर दिपेश गुरुङ रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरुमध्ये केसीले आफुलाइृ नेपाल सरकारको उप सचिव बताउने गरेका थिए भने पेम्बा तामाङले शाखा अधिकृत र आकाश राईले जनसम्पर्क अधिकृत रहेको बताएका थिए ।

उनीहरुले आफुहरु नेपाल सरकारको कर्मचारी भएको दाबी गर्दै केही कर्मचारीहरुलाई पछि नियुक्ती दिने गरी काममा लगाई डब्लुएफपीको नक्कली छाप तथा लेटर प्याड समेत बनाएर विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा करोडौं रुपैयाँको टेण्डर आह्वानको विज्ञापन समेत प्रकाशित गरेका प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोृ छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.