No.1 News Portal from Sudurpashchim Province
bajaj

नागरिकता सम्बन्धी अध्यादेशविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

गोकुलेश्वर। नागरिकता सम्बन्धी अध्यादेशविरूद्ध परेको रिटमाथि आज सनुवाइ हुँदैछ । नागरिकता सम्बन्धी अध्यादेशविरूद्धको रिट हेर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले वरिष्ठ न्यायाधीशको संवैधानिक इजलास तोकेका छन् ।

pm office

आजको इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की, मिरा खड्का र ईश्वरप्रसाद खतिवडा छन्। वरिष्ठ पाँचमध्ये विश्वम्भर श्रेष्ठ अहिले आइसोलेसनमा छन्। त्यसपछिका बरिष्ठ खतिवडा हुन्।

नागरिकताजस्तो संवेदनशील र राष्ट्रियतासँग जोडिएको विषयमा अध्यादेश ल्याएको भन्दै अधिवक्ता बोर्णबहादुर कार्की, रामबहादुर शाही लगायतका ६ रिटमाथि आजको संवैधानिक इजलासले सुनुवाइ गर्ने छ।

केही समय अघि सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानले बुवा-आमा दुवैको नागरिकता देखाए वंशजको नागरिकता पाउने, बावुको पहिचान नभएको स्वघोषणा गरे नेपाली आमाको नामबाट मात्र नागरिकता पाउने व्यवस्था छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.