No.1 News Portal from Sudurpashchim Province
bajaj

एक्स–रेको रिपोर्टमा कैफियत लेखियो, भन्सार अधिकृत जाँच्नै गएनन्

गोकुलेश्वर । हङकङ हुँदै तस्करीबाट भित्रिएको एक क्विन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास हुनुअघि एक्स–रेका प्राविधिकले ‘शंकास्पद सामान’ भएको लिखित ‘कैफियत’ जनाए पनि भन्सार अधिकृतले नजाँची छाडिदिएको पाइएको छ ।

pm office

भन्सारका अधिकृत, एक्स–रे प्राविधिक र जाँचकीले शंकास्पद वस्तु भन्ने थाहा पाएर पनि अनदेखा गर्दा तस्करीको सुन गिरोहले सहजै फुत्काएको हो । तस्करीको पूर्वसूचना पाएर राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले भन्सार परिसरबाहिरबाट सुन बरामद गरेपछि त्यसको रहस्य खुलेको हो ।

अन्तर्राष्ट्रिय गिरोहले असार २९ मा हङकङबाट रेडी ट्रेडका नाममा पठाएका ८ कार्टुन सामान मंगलबार विमानस्थल भन्सार कार्यालयले स्कुटरका ब्रेक सुका नाममा जाँचपास गरी छाडिदिएको थियो । ती सामान जाँच्ने क्रममा एक्स–रेमा गाढा कालो आकार देखिएपछि खरिदार सरोज श्रेष्ठ (प्राविधिक) ले चार कार्टुन सामानमा कैफियत जनाएर आरसी (रि–चेक) गर्नुपर्ने उल्लेख गरेका थिए । त्यस्तै गाढा कालो देखिएका अरू चार कार्टुनमा भने उनले केही उल्लेख गरेका थिएनन् । यसरी सामानमा प्राविधिकले कैफियत देखाएपछि भन्सार अधिकृत र जाँचकी दुवैले सामान खोलेर हेर्नुपर्ने र प्रयोगशालामा परीक्षणका लागि पठाउन सक्ने अधिकार दिएको छ । तर, एक्स–रेबाट पार भएर आएका सामान न भन्सार अधिकृत सन्तोष चन्दले परीक्षण जनाए, न जाँचकी कुमार ढकालले नै त्यसबारे केही उल्लेख गरे ।

विभागले पछिल्लो केही महिनायताको विवरण नै अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । शंकास्पद वस्तु भन्दाभन्दै पुनः जाँच नगरी छोडिदिँदा सोझो फाइदा तस्करले उठाएको ती अधिकारी बताउँछन् । तर, यो विषयको पूर्वसूचना राजस्व अनुसन्धान विभागले पहिल्यै थाहा पाएका कारण तस्करको योजना सफल हुन सकेन । भन्सारबाट पार भएको तस्करीको सुन ट्याक्सीमा राखेर सिनामंगल सडकमा पुगेलगत्तै राजस्वको टोलीले भन्सार एजेन्ट राजेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो । त्यही बेला ट्याक्सी चालक अशोक लामा पनि पक्राउ परे । यो प्रकरणमा तस्करसँग मिलेमतोको आशंकामा भन्सार अधिकृत चन्द, जाँचकी ढकाल र एक्स–रे प्राविधिक श्रेष्ठलाई विभागले आइतबार पक्राउ गरेको छ । तीनै जना यसअघि नै यही प्रकरणमा निलम्बनमा परेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.