No.1 News Portal from Sudurpashchim Province
bajaj

१७ वर्षीया किशोरी बलत्कार गर्ने नेकपा एसका वडा कमिटी अध्यक्ष प्रहरी खोरमा

गोकुलेश्वर । चितवनको राप्ती नगरपालिका वडा नम्बर २ का नेकपा एकीकृत समाजवादीका वडा कमिटी अध्यक्ष गणेश लामालाई किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा गाउँलेले समाएर प्रहरीलाई बुझाएका छन् ।

लामाले स्थानीय १७ वर्षीया किशोरीमाथि एक वर्षयता लगातार यौनजन्य दुर्व्यवहार गर्दै आएको थाहा पाएपछि आफन्त तथा गाउँले मिलेर प्रहरीको जिम्मा लगाएका हुन् ।

pm office

किशोरीलाई आफ्नै कार्यालयमा बोलाएर यौन दुर्व्यवहार गर्दै आएका लामाले २०७९ मंसिरमा इन्स्टाग्राममा नाङ्गो तस्बिर हालिदिएर धम्क्याएको समेत खुल्न आएको राप्ती २ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेतीले जानकारी दिए ।

पटक पटक फेसबुक म्यासेजबाट समेत किशोरीलाई धम्क्याउने, अश्लिल फोटो भिडियो तथा म्यासेज पठाउन थालेपछि किशोरीले आफन्तलाई खबर गरेकी थिइन् । त्यसपछि उनीहरूले समातेर प्रहरीलाई खबर गरेका हुन् ।

चितवन प्रहरीकाअनुसार शनिवार नै जाहेरी लिएर आरोपीलामालाई अनुसन्धानको लागि हिरासतमा राखिएको छ । लामा गत स्थानीय निर्वाचनमा गठबन्धनका तर्फबाट वडा सदस्यको समेत उम्मेदवार बनेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.