No.1 News Portal from Sudurpashchim Province
bajaj

न्याय पाउने आस मरेपछि मिटरब्याज पीडितले गरे सीडीओ कार्यालयमै आत्महत्याको प्रयास

गोकुलेश्वर । न्याय पाउने आस मारेपछि मिटरब्याज पीडित एक युवकले जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमै आत्महत्याको प्रयास गरेका छन्। कटहरी गाउँपालिका–३ का ३२ वर्षीय विनित सोनारले विषादी सेवन गरी आत्महत्याको प्रयास गरेका हुन।

विराटनगर महानगरपालिका–७ स्थित आरके चिल्ड्रेन अस्पतालअगाडि चिया–नास्ताको पसल सञ्चालन गर्दै आएका सोनारकी पत्नी रीताले मिटरब्याजबाट पीडित भएको भन्दै डा। नितेष तिवारीविरुद्ध उजुरी दिएकी थिइन्।

pm office

जिल्ला प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो । छलफलका लागि आएका उनलाई प्रहरीले उल्टै पक्राउ गर्ने तयारी गरेपछि विष सेवन गरेको जनाईएको छ। प्रहरीले चेक बाउन्ससँग सम्बन्धित मुद्दामा उनीविरुद्ध पक्राउ पूर्जी जारी गराएको छ।

मोरङका सहायक सीडीओ प्रदीप साहका अनुसार डा। तिवारीले उनलाई १५ लाख रुपैयाँ ऋण दिएको दावी गरेका छन्। पीडितले भने सात लाख मात्रै स्विकारेका छन्। दुई पक्षबीच लेनदेनको कागजात भने छैन ।

आइतबारको छलफल निष्कर्षमा नपुगेपछि साहले दुवै पक्षलाई पाँच दिनपछि आउन समय दिएका थिए । तर, युवकले कार्यकक्षबाट बाहिर निस्किएर विष सेवन गरे।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.