गोकुलेश्वर । जुम्लाको विभिन्न ५ वटा पालिकामा शुक्रबार राती अज्ञात समुहले ७ घरमा वाहिरबाट चुक्कुल लगाएर आगजनी गरेको छ ।
गुठिचौर–४ धवलपुरमा २, बाउली गाउँमा १, दलितबाडामा १, माथिल्लो बिगारेमा १ र चन्दननाथ नगरपालिका–१ डुणाखोचामा १ गरी ७ घरमा आगजनी भएको हो । राति १ बजेदेखि ३ बजेसम्मको बीचमा सात वटै घरमा आगजनी भएको छ ।

गुठिचौर–५ धितामा रोकेर राखेको ट्याक्टरमा पनि आगजनी भएको प्रहरीले जनाएको छ। गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले गाउँमा आपराधिक घटना बढेको वताए। एकै दिन ७ घरमा वाहिरबाट चुक्कुल लगाएर आगजनी गरिएपछि स्थानीयहरु त्रासमा छन् ।
एक साताअघि पनि सोही ठाउँमा एक अटोरिक्सामा आगजनी भएको थियो । आगजनीमा स्थानीयकै संलग्नता रहेको प्रहरीको अनुमान छ । शंकास्पद व्यक्तिको घरमा निगरानी बढाएर अनुसन्धान भइरहेको जनाईएको छ ।
अनुसन्धानकै क्रममा शनिबार प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरुलाई आइतबार छोडिएको छ ।



